राष्ट्रपतिद्वारा चलचित्रकर्मीहरु सम्मानित, कसले, कुन अवार्ड जिते ?

Prabhu Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार तीन दर्जन चलचित्रकर्मीहरु सम्मानित भएका छन्। चलचित्र विकास बोर्डले आफ्नो १९ औं स्थापना दिवसको अवसर पारेर चलचित्रकर्मीहरुलाई सम्मान गरेको हो।

Saftey Pads

बोर्डले २०७३, २०७४ र २०७५ गरि तीन बर्षको पुरस्कार एकै पटक वितरण गरेको हो । सो अवसरमा राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै फिल्मकर्मीलाई जनही २५ हजार नगद राशी सहित प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो ।

यस्तै दीर्घ साधना सम्मानबाट वरिष्ठ चलचित्रकर्मीहरु– २०७३– सुभद्रा अधिकारी, २०७४– किशोर राना मगर र २०७५–तुलसी घिमिरेलाई जनही तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०७३ पाउनेहरु
सम्पादक जात्रा मित्रदेव गुरुङ
छायाकार लभ सासा शिवराम श्रेष्ठ
कथा कालो पोथी मीन बहादुर भाम
लेखन÷पटकथा कालो पोथी अविनाश विक्रम शाह
अभिनेत्री निभ्न लागेको दियो सृजना सुब्बा
अभिनेता जात्रा विपिन कार्की
निर्देशक सेतो सुर्य दिपक रौनीयार
फिल्म कालो पोथी शुन्य फिल्मस
आदिवासी फिल्म क्यु प्ह्रो छे (भेडी गोठाले) मिलन डि.जी. इन्टरनेशनल
लोकप्रिय फिल्म छक्का पञ्जा आमा सरस्वती गीतादेवी फिल्मस्
दीर्घ साधना सम्मान वरिष्ठ चलचित्रकर्मी सुभद्रा अधिकारी

राष्ट्रिय चलचित्र पुरस्कार–२०७४ पाउनेहरु
सम्पादक मगंलम मित्रदेव गुरुङ
छायाकार कृ पुरुषोत्तम प्रधान
क्था÷ लेखन÷पटकथा धनपति खगेन्द्र लामिछाने
अभिनेत्री ब्लाईण्ड रक्स बेनिशा हमाल
अभिनेता मंगलम पुष्प बहादुर खड्का
निर्देशक ब्लाईण्ड रक्स मिलन चाम्स
फिल्म ब्लाईण्ड रक्स चाम्स ईन्टरटेन्मेन्ट
आदिवासी फिल्म टिन्छेन फामा (शेर्पा) शेर्पा म्युजिक वल्ड
उल्लेखनीय अभिनय मंगलम मिथिला शर्मा
उल्लेखनीय अभिनय शत्रुगते रमेश रञ्जन झा
दीर्घ साधना सम्मान वरिष्ठ निर्देशक किशोर राना मगर

राष्ट्रिय चलचित्र पुरस्कार–२०७५ पाउनेहरु
सम्पादक साइली निमेश श्रेष्ठ
छायाकार समर लभ सञ्जय लामा
कथा गोपी दिपेन्द्र लामिछाने
पटकथा संवाद गोपी सामिप्यराज तिमल्सेना
अभिनेत्री बुलबुल स्वस्तिमा खड्का
अभिनेता प्रसाद विपिन कार्की
निर्देशक बुलबुल विनोद पौडेल
फिल्म गोपी आरोही ईन्टरटेन्मेन्ट
जुरी प्रोत्साहन भोर पुजा कर्ण
व्यापार विस्तार तथा प्रवद्र्धन छक्का पञ्जा ३ आमा सरस्वती मुभिज
आदिवासी फिल्म रिजे नासाँ (गुरुङ) बेब्स क्रियशन
दीर्घ साधना बरिष्ठ सम्पादकरनिर्देशक तुलसी घिमिरे

Maruti Cement