प्रदेश २ सरकारले मृतक परिवारलाई ३ लाख दिने

Prabhu Bank

काठमाण्डौ । प्रदेश नं. २ को सरकारले बाढी पहिरोले मृत्यु भएका मृतकका परिवारलाई ३ ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

Saftey Pads

शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०र१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरूलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुटन प्रदेशभरिका युवाहरूलाई आह्वान समेत गरेको छ।

बाढी पहिरोका कारण सबै बाटोहरू अवरुद्ध भएकोले राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टरको लागि पहल भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए। बिहीबारदेखि परेको अविरल वर्षाले प्रदेशभरिकै जनजीवन प्रभावित भएको छ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ
Maruti Cement