बन्ने भयो सिनेमा लब अफ क्राईम

Prabhu Bank

काठमाण्डौ । नेपाली कथानक चलचित्र “लब अफ क्राईम” निर्माण हुने भएको छ। शनिबार बिहान एक कार्यक्रमका बीच राजधानीको सहिदगेट स्थित श्री भद्रकाली माईको मन्दिरमा बिधिबद क्यामेरा पुजागर्दै मुहुर्त सर्ट दिई सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो ।

Saftey Pads

डिएस फिल्मसको ब्यानरमा निर्माता दिनेश डाँगीले निर्माण गर्न लागिएको सिनेमा कुशल कोरियोग्राफर तथा निर्देशक जनक कार्कीको निर्देशनमा बन्ने भएको हो । कार्कीले यस सिनेमाले युवा पुस्ताको कथा बोल्न्ने बताए । पुर्ब गृहराज्यमंत्री रिजवान अन्सारीले सिनेमाको मुहूर्तमा दुई शब्द राख्दै सिनेमाको सफलताको शुभकामना दिए ।

श्रोया चौधरी , प्रेम प्रसाद क्षेत्रीको प्रमुख अभिनय रहने यस सिनेमा दुबैको डेब्यु सिनेमा हो। प्रेम र श्रोयाको अलावा नबिन बिष्ट ,नरेन्द्र रोकाया ,प्रमिला खड्का ,रमा बिष्ट ,धुर्ब कोईराला , शेरबहादुर डिसी ,तेजा एर ,बद्रि पुडाशैनि र अमृता चौधरीको प्रमुख अभिनय रहने छ। सुनिल सेनको कथा पथाकथा संबाद रहेको यस सिनेमा आगामी साउन २ गते बाट छायांकनमा जाने बताईएको छ।

नारायण नेपालको शब्द रहेको यस चलचित्रको गीत लगयात सिनेमाको छायांकन दाङ्गको रमणीय स्थानहरुमा हुने निर्देशक कार्कीले बताए।

Maruti Cement