भारतले बाँध खोल्यो, गौरमा पानीको सतह घट्छः गृहसचिव

Prabhu Bank

काठमाण्डौ । गृहसचिव प्रेमकुमार राईले भारतले दशगजामा बाँध खोलेपछि गौर बजारमा पानीको सतह घट्न थालेको बताएका छन्।

Saftey Pads

शनिबार गृहमन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकपछि राईले भारतले दशगजा क्षेत्रमा बाँध खोलेपछि रौतहट गौरमा संकलन भएको पानीले निकास पाएको बताएका हुन्।

उनले बाढी, पहिरो पीडितलाई प्रदेश सरकारसँग समन्वय गरी स्थानीय सरकारले राहत बाँड्ने जानकारी दिए। बाढी, पहिरोमा परेकाको उद्धारका लागि गृह मन्त्रालयले हेलिकप्टर पठाएको उनको भनाइ छ।

बाढी पहिरोमा परी देशभर अहिलेसम्म २६ जनाको मृत्यु भएको उनले बताए। उनका अनुसार बाढी, पहिरोले पृथ्वीराजमार्ग, म्याग्दी, मनाङ, मुस्ताङ, ओखलढुंगा लगायत ठाउँमा सडक अवरूद्ध भएकोले तत्काल खुलाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन्।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

सिरहाको कमला नदीमा तटबन्ध भत्केको, सर्लाहीमा बागमतीको बाँध फुटेर बस्तीमा भल पसेको, बकैया नदीको बाँध फुटेर रौतहटका केही बस्ती डुबेको उनले जानकारी दिए।

Maruti Cement