त्रियुगा बाँधः डुबानमा पर्ने घर संख्या २ सय नाघ्यो

Prabhu Bank

काठमाण्डौ । चार दिनदेखिको अविरल वर्षाका कारण त्रियुगा नदीले तीन ठाउँमा बाँध फुटाएर बस्तीमा पस्दा करिब २ सय घरका २ हजारभन्दा बढी मानिस डुबानमा परेका छन् । सप्तकोशीमा आएको बाढीका कारण त्रियुगा नदीको पानीको निकास नहुँदा बेलका नगरपालिका १, अम्बासीमा बाँध फुटेर नगरपालिकाको अम्बासी, पुरन्दह, भागलपुर, बेलहा, करैया, चन्द्रपुरलगायतका गाउँमा पसेको हो।

Saftey Pads

फत्तेपुर पुल र चन्द्र नहरको बीचमा बाँध फुटाएर बस्ती पसेको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज नविनकुमार सिंहले जानकारी दिए । उनका अनुसार डुबानमा फसेका झण्डै २ सय ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।
डुबानमा परेकाहरुको अन्नपात र लत्ताकपडा बगेकाले नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीले राहतका बाँडने तयारी गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबारे यी ३ तथ्य आत्मसात गरौँ: डा. रविन्द्र पाण्डे

यस्तै त्रियुगा नदीले चौदण्डीगढी नगरपालिका ५, बेल्हामा बाँध फुट्दा १० घर परिवार सम्पर्क्विहीन भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धारको प्रयास जारी राखे पनि पानीको बहावले समस्या उत्पन्न भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगाराम पौडेलले जानकारी दिए ।

Maruti Cement