सङ्घीय शिक्षा नीति आउँदैः मन्त्री पोखरेल

Prabhu Bank

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद उन्मुख संविधानअनुकूल सङ्घीय शिक्षानीति चाँडै पारित हुने बताएका छन्।

Saftey Pads

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको ३१औँ वार्षिकसभाको अध्यक्षता गर्दै उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्मा विचारधीन रहेकाले पारित भएपछि नयाँ शिक्षा नीति कार्यान्वयनमा आउने जानकारी गराएका हुन् ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंको बालगृहबाट ११ बालबालिकाको उद्धार
Maruti Cement