बाढीपहिरो वितण्डाः देशभर ३० जनाको मृत्यु, १८ बेपत्ता

Prabhu Bank

काठमाडौं । बाढीपहिरोमा परी देशभर अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते छन्।

Saftey Pads

बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ।  काठमाडौँ, खोटाङ र काभ्रेमा तीन-तीन जनाको मृत्यु भएको छ। त्यसैगरी भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई-दुई जनाको ज्यान गएको छ भने ओखलढङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक-एक गरी ३० जानको मृत्यु भएको हो।

काठमाडौँमा १०८, उदयपुरमा १०, ललितपुरमा ८, सिन्धुलीमा दुई, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जना गरी १३३ जनाको उद्धार भएको छ। घाइते खोटाङ, सुनसरी, रामेछाप, धादिङ, चितवन, दोलखामा एकएकजना घाइते छन् भने काभ्रेमा दुई र मकवानपुरमा चार गरी १२ जना घाइते छन्।

अन्य सम्बन्धित समाचार:  गृह मन्त्रालय भन्छ- सङ्कटकाल वा कर्फ्यु लाग्ने कुरा तथ्यहीन

सिन्धुलीमा चार, भोजपुरमा तीन, सुनसरी दुई तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक-एक जना गरी १८ जना बेपत्ता भएका छन्।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक थापाका अनुसार उद्धार र राहतको कामलाई तिब्रता दिइएको छ।

Maruti Cement