तीज गीतमा कम्मर मर्काउँदै नायिका पूजना

Prabhu Bank

काठमाडौँ। नायिका पूजना प्रधानले तीज गीतमा कम्मर मर्काएकी छन्। महिलाहरूको महानपर्व तीज नजिकिँदै गर्दा नायिका पूजनाले पनि तीज गीतको भिडियोमा आफ्नो नृत्य प्रस्तुत गरेकी हुन।
सञ्चारकर्मी गीता अधिकारीको तीज गीत ‘‘आउ नाचौं सङ्गी हो…’मा पूजनाको नृत्य हेर्न पाइने छ।

Saftey Pads

सञ्चारकर्मी गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको उक्त तीज गीतको छायाँकङ्न सम्पन्न गरिएको छ। गीतमा योगेश काजीले सङ्गीत भरेका छन्।

नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायाँकङ्न गरेका छन् । गीतको भिडियोमा नायिका पुजना प्रधानसँगै गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् ।

Maruti Cement