सुर्खेतकी मृगौला पीडित अनिताका लागि अमेरिकामा सहयोग जुटाउँदै नेपाली प्रोफेसर

Prabhu Bank

अमेरिका।
दुवै मृगौला फेल भएकी सुर्खेतकी अनिता रासकोटीका लागि अमेरिकामा सहयोग जुटाउन थालिएको छ। अमेरिकाको पेन्साकोला स्टेट कलेजमा नेचुरल साईन्सका विभागीय प्रमुख रहेका हिक्मत बिसीले रासकोटीका लागि सहयोग जुटाउन थालेका हुन। सुर्खेत जिल्लाको साविक नेटा गाविसको वडा नंबर ५ घर भएकी रासकोटी दुवै मृगौला फेल भएपछि साढे ३ वर्षदेखि डाइलासिस गराउँदै आएकी थिइन। रासकोटीका दुई छोरा र एक छोरी गरि ३ सन्तान छन्।

Saftey Pads

डाइलासिसले मात्रै रासकोटीको जीवन बचाउन नसकिने र जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्नुपर्ने शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ। आर्थिक अवस्था निकै कमजोर भएको रासकोटीको परिवारले मृगौला प्रत्यारोपणका लागि लाग्ने करिब १० लाख रुपैयाँ जुटाउन सक्ने अवस्था नरहेकाले सहयोग सङ्कलन गर्न थालिएको हो।

अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु

रासकोटीको मृगौला प्रत्यारोपणका लागि रकम सङ्कलन गर्न प्रोफेसर बिसीले गो फन्ड मी साइट मार्फत अपिल गरेका छन्। प्राफेसर बिसीले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि रासकोटीको जीवन रक्षाका लागि सहयोग गर्न सबैमा अपिल गरेका छन्।

हेर्नुस् प्रोफेसर बिसीले सहयोगका लागि गरेको अपिलः


अनिताको जीवन रक्षाका लागि यो लिङ्कमा गएर रकम दान गर्नुहोस्।

https://www.gofundme.com/f/kidney-transplant-for-a-mother-of-three-children

Maruti Cement