आजको मौसमः देशका अधिकांश भूभागमा भारी वर्षा

Prabhu Bank

काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Saftey Pads

जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जानेछ । हाल देशका पुर्वी र पश्चिमी तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी छ ।

आजको मौसम:

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।

देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनेछ ।

यसैबीच आज राति देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ ।

देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: आज संक्रमितभन्दा पाँच गुना धेरै डिस्चार्ज
Maruti Cement