विप्लवद्वारा बाढी तथा पहिरो पीडितको राहत र उद्दारको माग

Prabhu Bank

काठमाण्डौ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशभरी अविरल वर्षापछि आएको बाढी तथा पहिरो पीडितको उद्दारको माग गरेको छ।

Saftey Pads

नेपाल कम्युनिष्ट पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोबाट ज्यान गुमाएका मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको हो।

पार्टीले मृतकका परिवारलाई अल्पकालीन, दीर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

विज्ञप्तिमा प्रकृति माथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्व तयारीको अभाव, भारतसँग भएको असमान सन्धि सम्झौता, नेपाल भार सीमानामा बनेको बाँध, तटबन्धन र अन्तराष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरू, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाइ गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको बताइएको छ ।

अन्य सम्बन्धित समाचार:  नेकपाले पनि यस वर्ष चियापान कार्यक्रम नगर्ने

यसका साथै पार्टीका महासचिव विप्लवले आफ्ना सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन दिएका छन् ।

Maruti Cement