बाढीपहिरो अपडेटः देशभर ४८ जनाको मृत्यु, ३५ बेपत्ता

Prabhu Bank

काठमाण्डौ । बाढीपहिरोमा परी देशभर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ। बेपत्ताको संख्या ३५ पुगेको छ।

Saftey Pads

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार बिहान उपलब्ध गराएको तथ्यांकअनुसार काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा ८, प्रदेश १ मा १७ प्रदेश २ मा ७, प्रदेश ३ मा १२, प्रदेश ५ मा २ र प्रदेश ६ मा २ जनाको ज्यान गएको हो।

यसैगरी सोही प्रकोपमा परी ३५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेहरूमा काठमाडौं उपत्यकामा २, प्रदेश १ मा १०, प्रदेश २ मा ५, प्रदेश ३ मा ७ र प्रदेश ६ मा ११ जना छन्।

अन्य सम्बन्धित समाचार:  आजदेखि सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था खुले
Maruti Cement