मुलुकमा मनपरितन्त्र हाबी भयोः कमल थापा

Prabhu Bank

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हाबी भएको बताएका छन् ।

Saftey Pads

राप्रपा धनकुटा जिल्ला समितिद्वारा आज आयोजित अन्तरक्रिया एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देउता, राजा र जनता कोहिसङ्ग पनि डर नभए पछि मुलुकमा मनपरितन्त्र हाबी भएको बताएका हुन् ।

अभिभावकको रुपमा रहेको राजसंस्थालाई षड्यन्त्रपुर्बक पाखा लगाईएको, धर्मलाई अफिम भन्ने र भगवानको नाममा शपथ नलिने तथा जनतालाई भ्रम र लोभ लालचमा झुक्याउन सकिन्छ भन्ने मनोबिज्ञान भएकाहरु मुलुकमा हाबी भएपछी मनपरितन्त्र बढेको बिचार ब्यक्त गरेका छन् ।

थापाले २०६२-६३ पछिको गलत नीति र त्रुटिपूर्ण मार्ग्चित्रबाट मुलुक समस्याको दलदलमा भासिएको दाबी गरे । थापाले मुलुक जोगाउने र बनाउने हो भने गलत मार्ग्चित्र सच्च्याउने हिम्मत हुनुपर्ने बताए । थापाले विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नेहरुलाई स्वागत गरे ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
Maruti Cement