प्रदेश १ सरकारले बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिने

Prabhu Bank

विराटनगर । प्रदेश नं. १ सरकारले बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ राहात उपलब्ध गराउने भएको छ।

Saftey Pads

प्रदेश सरकारले नियमित विपत्त कोषमार्फत तत्काललाई राहत स्वरुप १ लाख रुपैयाँ दिन लागिएको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले बाढी र डुवानमा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था गरिने जानकारी दिए ।

मन्त्री कार्कीले बाढी र डुबानका कारण अवरुद्ध बाटो खुलाउन र उद्धार गर्न तीन वटै सुरक्षा अंग परिचालन गरिएको बताए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार १ नं. प्रदेशमा बाढी र डुबानका कारण १४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । त्यसैगरी बाढी र डुवानका कारण ४ हजार बढी बिस्थापित भएका छन् ।

अन्य सम्बन्धित समाचार:  कैलाली प्रहरी हत्याकाण्ड : केराउ भरियालाई कारवाही, मुख्य तस्करबारे प्रहरी मौन
Maruti Cement