विपदमा सबैले सहयोग गरौंः पूर्वराजा शाह

Prabhu Bank

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्षासँगै राजधानीलगायत देशका विभिन्न भूभागमा आएको बाढी पहिरोको प्रकोपले जनधनको क्षति भएको प्रति दुःख व्यक्त गरेका छन्।

Saftey Pads

आइतबार विज्ञप्ति मार्फत पुर्वराजा ज्ञानेन्द्रले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काममा लाग्न सबैलाई आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘प्राकृतिक विपदको यो घडीमा म शोक सन्तप्त पिडित सबै प्रति हार्दिक समवेदना र सहानुभूति राख्दै बिपद ब्यबस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यक्ता देख्दछु।’

अन्य सम्बन्धित समाचार:  दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
Maruti Cement