आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती मनाइयौ

Prabhu Bank

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती आइतबार भव्यताको साथ मनाइएको छ।

Saftey Pads

जन्मजयन्तीको अवसरमा काठमाडौंमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथमा राखेर शहर परिक्रमा गराइएको हो।

उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी सम्मिलित र्‍यालीले नगर परिक्रमा गरिएको छ।

यसपछि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई सम्मान गरेका छन्।

यस्तै प्रज्ञा भवन परिसरमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ।

यस्तै उपप्रधानमन्त्री पोखरेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई एकतावद्ध बनाए जसरी नै परिवर्तित सन्दर्भमा साहित्यकारहरुले पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष योगदान दिन जरुरी रहेको पनि स्पष्ट पारे ।

मुलुकको राष्ट्रिय एकतामाथि आँच पु¥याउने खालका पात्र र प्रवृत्ति आज पनि सल्बलाउन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले त्यसलाई निस्तेज पार्न सबै भाषा, संस्कृति र साहित्यिक व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए ।

अन्य सम्बन्धित समाचार:  र्‍यापर भीटेनलाई कारबाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन
Maruti Cement