बाढीपहिरो अपडेटः मृत्यु हुनेको सख्या ५० पुग्यो, ३३ बेपत्ता

Prabhu Bank

काठमाडौं । बिहीबारदेखिको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ५० जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले आइतबार दिएकोे तथ्यांकअनुसार उपत्यकामा ८ जनाको मृत्यु भएको छ। जसमा ३ महिला र ५ पुरुष रहेका छन्।

Saftey Pads

बाढी तथा पहिरोमा परी प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ। जसमा महिला ७ र पुरुष १० रहेका छन्।
प्रदेश २ मा बाढीका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ। जसमा महिला २ र पुरुष ५ रहेका छन्। प्रदेश ३ मा बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ रहेको छ। जसमा महिला ८ र पुरुष ४ रहेका छन्।

अन्य सम्बन्धित समाचार:  गृह मन्त्रालय भन्छ- सङ्कटकाल वा कर्फ्यु लाग्ने कुरा तथ्यहीन

प्रदेश ५ मा पहिरोमा परी २ पुरुषले ज्यान गुमाएका छन्। प्रदेश ६ मा बाढीका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ। जसमा १ पुरुष र १ महिला रहेका छन्।

तथ्याकंअनुसार काठमाडौंमा ३, ललितपुरमा ५, खोटाङमा ३, इलामामा १, झापामा २, उदयपुरमा १, भोजपुरमा ५, ओखलढुंगामा ४, सुनसरीमा १, पर्सामा १, बारामा २, रौतहटमा १, सिराहामा १, धनुषामा २, काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १, पाल्पामा १, दाङमा १ र डोल्पामा २ जनाले ज्यान गुमाएका छन्।

बाढी तथा पहिरोबाट घाइतेसंख्या २५ पुगेको प्रहरीको तथ्यांक छ। जसमध्ये महिला १० र पुरुष १५ रहेका छन्।  यस्तै प्रकोपबाट देशभर गरी ३३ जना बेपत्ता भएका छन्।

अन्य सम्बन्धित समाचार:  बैतडीः गाउँपालिकाका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
Maruti Cement