भारतले ग‍र्यो कोशी ब्यारेजका २६ वटा ढोका बन्द

Prabhu Bank

काठमाडौं । भारतीय पक्षले पानीको सतह घटेको भन्दै कोशी ब्यारेजका आधाजसो ढोका पुनः बन्द गरेको छ।

Saftey Pads

गएराति सबै ५६ वटा ढोका खोलिएकोमा आइतबार मध्याह्न सम्म आइपुग्दा २६ वटा ढोका भारतीय पक्षले बन्द गरेको हो । अहिले ब्यारेजका ३० वटा ढोका खुला रहेका छन् ।

कोशीमा पानीको सतह २ लाख ३४ हजार क्युसेकमा झरिसकेको सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि पानीको सतह घटेकाले ढोका खोल्नु र बन्द गर्नु सामान्य कुरा भएको बताए । झण्डै पौने ४ लाख क्युसेक पुगेको पानीको सतह निकै घटेको उनले बताए ।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग
Maruti Cement