मेडिकल कलेजहरुको क्षमता अनुरुप सिट निर्धारण हुनुपर्छः मन्त्री यादव

Prabhu Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द यादवले मेडिकल कलेजहरुको क्षमता अनुरुप सिट निर्धारण हुनु पर्ने बताएका छन्।

Saftey Pads

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एउटा कलेजले १ सय भन्दा बढी विद्यार्थी पढाउन पाईदैन भनेर विद्यार्थी संख्या घटाउन नहुने बताएका हुन्।

मेडिकल कलेजहरुको शैक्षिक र भौतिक अबस्था अनुसार शुल्क निधारण गरिनु पर्ने बताएका भन्दै उनले मेडिकल कलेजको शुल्क निर्धारणका विषयमा सरकारले लागु गरेको शुल्क निर्धारण भन्दा भिन्न विचार राखेका हुन् ।

उनले एमबीबीएस प्रवेश परीक्षा सबै मेडिकल कलेजहरुको संयुक्त रुपमा हुनु पर्ने भन्दै यसलाई प्रदेश तहमा पनि लैजानु पर्ने धारणा राखे । चिकित्सा शिक्षा आयोग शिक्षा वा स्वास्थ्य कुन मन्त्रालय अन्तर्गत रहेको स्पष्ट पार्न सरकारलाई उनले आग्रह गरे

अन्य सम्बन्धित समाचार:  अविश्वास प्रस्तावको डरले मुख्यमन्त्री शाहीद्वारा अधिवेशन अन्त्यको सिफारिस
Maruti Cement