मन्त्रिपरिषद् बैठक बस्दै

Prabhu Bank

काठमाडौं । देशभर गएको बाढी पहिरोबाट प्रभावितलाई सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ। आइतबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागिएको हो।

Saftey Pads

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बाढीपहिरोले र्पुयाएको क्षतिले आफ्नो मन भारी भएको बताए।

प्रभावितलाई राहत कसरी र्पुयाउने, उद्धारका काम के भइरहेको छ भन्ने बारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न उनले बताए। पूर्व निर्धा्रित कार्यक्रम भएकाले मात्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आएको उनले बताए ।

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले ४२ जनालाई सम्मान गरे। बाढीपहिरोका कारण देशभर ५० जनाको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने
Maruti Cement