दुई पक्षीय वार्ता गरेर डुवान रोक्न राष्ट्रिय जनमोर्चाको माग

Prabhu Bank

काठमाडौँ– राष्ट्रिय जनमोर्चाले भारतीय पक्षले निर्माण गरेका भौतिक संरचना हटाउन दुई पक्षीय वार्ता गर्न माग गरेको छ।
अध्यक्ष चित्र बहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै वर्षायाममा भारतसँग सीमा जोडिएका जिल्लामा सधै डुवानको समस्या आउने भन्दै वार्ता गर्न माग गरेको हो।

Saftey Pads

जनमोर्चाले विपदमा परी मृत्यु भएका परिवार तथा बाढी पहिरोबाट पीडित जनसमुदायलाई छिटोभन्दा छिटो उद्दार तथा राहत उपलब्ध गराउन राज्यसँग माग पनि गरेको छ । त्यस्तै यस दुःखद घडीमा पीडित जनताहरुलाई सहयोग गर्न आफ्नो पार्टीका सम्बन्धित क्षेत्रका सबै समिति, सदस्य र आम जनसमुदायहरुलाई पनि अनुरोध गरेको छ ।

‘तराईमा प्रायजसो वर्षाकालमा यस प्रकारले डुबान हुने गर्दछ । यस प्रकारको डुबान नेपाल भारत सिमा–दसगजा नजिकै भारतीय पक्षबाट निर्माण गरेका बाँध वा यस्तै प्रकारका संरचनाहरुले गर्दा डुबान हुने र धेरै जनधनको नोक्सानी हुने गरेको छ ।

अन्य सम्बन्धित समाचार:  महानवमीमा तलेजु भवानी नखुल्ने

त्यस्ता संरचना अन्तराष्र्टि«य नियमविरुद्ध हुने गरी भारतले निर्माण गरेको छ । भारतसँग यस विषयमा तत्काल दुई पक्षीय वार्ता गरी ती संरचनाहरु हटाउन हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

Maruti Cement