६५ वर्ष पूरा भएकालाई ज्येष्ठ नागरिकको मान्यता दिन काङ्ग्रेसको माग

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन माग गरेको छ। नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकारलाई दवाव दिएकी हुन्।

Saftey Pads

आईतबार सङ्घीय संसद्को महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्नुपर्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने पार्टीको पूरानै अडान दोहो¥याए।

सचेतक भुसालले भूगोललाई हेरेर पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क पनि गरे। उनले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि आपत्ति जनाए। ज्येष्ठ नागरिकहरूलाई वर्गीकरण गर्न नहुने उनको भनाई थियो।

अन्य सम्बन्धित समाचार:  असई विकको हत्याबारे छानबिन गर्न सिआइबीको टोली धनगढीमा

सत्तारुढ नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरूलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन्। उनले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने स्पष्ट पारिन्।

Maruti Cement