बाढीको क्षतिमा पूर्वतयारी कमजोरः गृहमन्त्री

Prabhu Bank

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले बाढीले पुर्याएको क्षतिका सम्बन्धमा मानवीय कमजोरी भएको बताएका छन्।

Saftey Pads

संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा भाग लिँदै उनले बाढीको क्षतिमा पूर्वतयारी कमजोर हुँदा सरकारसमेत पनि दोषी रहेको उनले स्वीकार गरेका हुन्।

विकास निर्माणका काम गर्दा सचेतना र पूर्वतयारी गर्ने उनले प्रतिबद्धता समेत जनाएका छन्।

यसैगरी उनले राहत तथा उद्धारका लागि हेलिकोप्टर समेत तयार राखिएको बताएका छन्। तर मौसम अनुकुल नुहुँदा र पर्याप्त हेलिकोप्टर नहुँदा केही ढिलाइ भएको समेत उल्लेख गरे। यसका साथै पर्याप्त उपकरण नभएका कारण पनि यसमा विलम्ब भएको उनको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ
Maruti Cement