डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपात गर्ने एक जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  चिकित्सकको उजुरीका आधारमा आइतबार दिउँसो शंकास्पद एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

Saftey Pads

नियन्त्रणमा रहेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेकाले उनको परिचय भने गोप्य राखिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

गत बुधबार दिउँसो शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको थियो। आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा
Maruti Cement