उद्धारमा जुट्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको अपिल

Prabhu Bank

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धारमा जुट्न अपिल गरेका छन्।

Saftey Pads

आइतबार विज्ञप्ति जारी गर्दै उनले बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएकाहरूको तीव्र खोजी, उद्धार र राहतमा जुट्न सरकार लगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध गरेका हुन्।

उनले बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउने प्रति श्रद्धाञ्जली, घाइते प्रति स्वास्थ्यलाभ र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले वर्षायाममा प्राकृतिक विपत्ति जुनसुकै समयमा आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने कुरामा सरकारको तर्फ बाट कुनै कमी हुन नदिन आग्रह गरेका छन् । साथै सम्पूर्ण देशवासीलाई सावधानीपूर्वक बस्न आग्रह गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
Maruti Cement