मुगुमा वडा कार्यालय सार्ने विषयमा विवाद, दुईजना गम्भीर घाइते

Prabhu Bank

काठमाण्डौ । मुगुकोे खत्याड गाउँपालिका वडा नम्बर ३ को कार्यालय सार्ने विषयमा विवाद भएको छ। गाउँपालिका र स्थानीय बीच विवाद हुँदा आक्रोशित स्थानीयले गाउँपालिकाको कार्यालयमा ढुंगामुडा प्रहार गरेका हुन्।

Saftey Pads

ढुंगामुडा प्रहार हुँदा दुईजना गम्भीर घाइते भएका छन्। स्थानीयले गरेका ढुंगामुडा बाट खत्याड गाउँपालिकाका कार्यालय सहयोगी गणेश थापा र वडा नम्बर ७ कि दलित महिला सदस्य उम्मकला भियाल घाइते भएका स्थानीय गणेश टमटाले बताए।

घाइते दुवैजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि आइतबार हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ।जनताको मागका आधारमा नभई गाउँपालिकाले मनपरी ढंगले रानाकोट अपाएक पर्ने स्थानमा वडा कार्यालय स्थापना गर्ने निर्णयको विरोध गदै स्थानीयले ढुंगामुडा गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  प्रहरी भन्छ: नग्न तस्वीर माग्नेसँग सचेत हुनुहोस्

जनताको मागलाई बेवास्ता गरी पायक नपर्ने ठाउँमा वडा कार्यालय सार्ने गाउँसभाबाट निर्णय भएपछि विवाद सिर्जना भएको वडा नम्बर ३ का अध्यक्ष सुकेन्द्र बानियाँले बताए। उनका अनुसार जनताको माग भाड् टुकुरीमा वडा कार्यालय हुनुपर्ने थियो। गाउँपालिकाको गाउँसभाबाट रानाकोटमा वडा कार्यालय स्थापना गर्ने निर्णय पारित भयो। गाउँसभाको निर्णयसँगै विवाद सिर्जना भएको वडा अध्यक्ष बानियाँले बताए।

Maruti Cement