बाढी पहिरो प्रभावितलाई राहत दिने सरकारको निर्णय

Prabhu Bank

काठमाण्डौ । सरकारले बाढी र पहिरोका पीडित नागरिकलाई राहत दिने भएको छ। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको हो ।

Saftey Pads

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको सरकारले जनाएको छ।

पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको एक मन्त्रीले जानकारी दिए।

सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन पनि निर्देशन दिएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा कारको ठक्करबाट वृद्धको मृत्यु
Maruti Cement