बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६० पुग्यो, २६ जना अझै वेपत्ता

Prabhu Bank

काठमाडौं । अविरल वर्षासंगै आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६० पुगेको छ।

Saftey Pads

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार २४ महिला र ३६ पुरुष गरी ६० जनाको ज्यान गएको हो ।

त्यस्तै १७ महिला र २१ पुुरुष गरी ३८ जना घाइते भएका छन् भने २६ जना वेपत्ता भएका छन् ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले १ हजार ४ सय ४४ जनाको सकुशल उद्दार गरेको छ ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु
Maruti Cement