इन्डोनेसियामा गयो ७.३ म्याग्निच्युडको  शक्तिशाली भूकम्प

Prabhu Bank

काठमाडौं । इन्डोनेसियामा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ ।

Saftey Pads

इन्डोनेसियाको पूर्वी मालुका द्विपलाई केन्द्रबिन्दु बनाएर आइतबार साँझ ७.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेर २८ मिनेट जाँदा भूकम्प गएको बताइएको छ ।

टर्नेट नगरबाट करिब एक सय ६५ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु भएको अमेरिकास्थित यूएस जियोलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पपछि भएको जनधनको क्षतिको विवरण आइसकेको छैन । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भकेन्द्रले जनाएको छ ।

भूकम्पपछि ५ म्याग्निच्युडभन्दा माथिका एक दर्जनभन्दा बढी परकम्प गएको अधिकारीहरूले बताएका छन् ।

 

अन्य सम्बन्धित समाचार:  अमेरिकी निर्वाचन : चार करोडले गरे अग्रिम मतदान
Maruti Cement