बाढीपहिरो अपडेटः मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

Prabhu Bank

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण सोमबारसम्ममा ६५ जनाको ज्यान गएको छ ।

Saftey Pads

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुषको मृत्यु भएको हो ।

प्रहरीको विवरण अनुसार देशभर १२ जना महिला र १८ जना पुरुष गरी ३० जना अझै बेपत्ता रहेका छन् ।

त्यस्तै ३८ जना घाइते भएका विवरणले देखाएको छ । सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले १ हजार ४४६ जनाको उद्धार गरिसकेको छ ।

प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा २/२ र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ ।

अन्य सम्बन्धित समाचार:  बैतडीः गाउँपालिकाका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

त्यस्तै देशका विभिन्न ठाउँमा सडकखण्डहरु अवरुद्ध भएका छन् ।

यो विवरण हेर्नुहोस्ः

Maruti Cement