जंगली निउरो खाँदा अछाममा छोराछोरीको मृत्यु, आमा गम्भीर

Prabhu Bank

काठमाण्डौ । अछाममा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ। रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको हो।

Saftey Pads

मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए।

मृतककी ३१ वर्षीया आमा नरपता बोहराका अनुसार शुक्रबार बिहान निउरो खाएपछि बान्ता हुने लगाएतको समस्या देखिएको थियो।

अहिले आमाको उपचार भइरहेको र अवस्था गम्भीर रहेको बयलपाटा अस्पतालका डाक्टर विकास गौचनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  डाेटी: अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु
Maruti Cement