बोरिङ निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप

Prabhu Bank

काठमाडौं । काठमाण्डौमा स्थानीय र प्रहरीबीच झडप भएको छ। धोबिखोला छेउमा खाने पानीको डिप बोरिङ गाड्न नपाउने भन्दैे सोमबार बिहान विरोधमा निस्किएका स्थानीय र प्रहरी बीच सामान्य झडप भएको हो।

Saftey Pads

धोबिखोलाको छेउमा मापदण्ड नर्पुयाइ बोरिङ खन्न लागेको र व्यक्तिको जग्गामा बोरिङ परेकोले स्थानीयले बिरोध गरेका हुन्। विरोध प्रदर्शनमा उत्रिएका स्थानीयको अवरोधलाई रोक्न प्रहरी परिचालन गरिएको थियो ।

विरोध प्रदर्शनमा प्रहरीबल प्रयोग गरेर मेयर, उपमेयर र वडाअध्यक्षले मिलेमतोमा स्थानीयको हित विपरित काम गरिरहेको स्थानीय सुरेशकुमार राईले आरोप लगाए। बोरिङले पानी निकाल्दा वरपरको बस्तीमा पानी सुक्ने समस्या आउने भएकोले आफुहरु विरोधमा उत्रिएको उनले बताए ।

अन्य सम्बन्धित समाचार:  तातोपानी नाका पुन: सञ्चालनमा
Maruti Cement