प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले काम गर्न सरकारलाई काङ्ग्रेसको आग्रह

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले काम गर्न सरकारलाई आग्रह गरेको छ।

Saftey Pads

सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन गर्ने भएको हो।

उनले राजनैतिक पूर्वाग्रह त्यागेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका सबै सदस्यहरूलाई निर्देशन दिएको छ । पीडामा परेकाहरूको सेवामा समर्पित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएका हो ।

यसअघि काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले उद्धार र राहतमा समर्पित हुने निर्णय गरेको जानकारी देउवाले दिएका छन् ।

काङ्ग्रेसले अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने

Maruti Cement