बसपार्कको गेस्ट हाउसबाट इटालियन पेस्तोलसहित तीन जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । काठमाण्डौको मित्रनगर बसपार्कको एउटा गेस्ट हाउसबाट इटालियन पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नुवाकोट लिखु गाउँपालिका–४ का २९ वर्षीय प्रितम राई, ३७ वर्षीय रामकुमार राई र भारत दार्जि्लिङ घर भई हाल काठमाडौं टोखा बस्ने ३६ वर्षीय सविन खवासलाई ‘मेड इन इटाली’ लेखिएको अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार तीनै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं बुझाइएको छ।

पेस्तोलसँगै त्यसको पाँच राउण्ड गोली पनि फेला परेको थियो। उनीहरूले हतियार बोक्नुको उद्देश्य आपराधिक गतिविधि हुन सक्ने आंकलन प्रहरीको छ। यसको अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध महाशाखालाई जिम्मा दिइएको एसएसपी ज्ञवालीले बताए।

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै
Maruti Cement