विप्लव समूहका दुई जना विद्यार्थी नेता गुल्मीमा पक्राउ

Prabhu Bank

काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना विद्यार्थी नेताहरु गुल्मीमा पक्राउ परेका छन्।

Saftey Pads

‘विप्लव’ समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन गुल्मीका जिल्ला सचिव बिष्णु वि.क र सदस्य राज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोमबार बिहान सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा संगठन बिस्तारका क्रममा रहेका उनीहरुलाई विद्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए ।

उनीहरु विद्यालयमा संगठन बिस्तार गर्न सोमबार बिहान विद्यालय पुगेका थिए । पक्राउ परेका विद्यार्थी नेताहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  गोरखा दरबारबाट हनुमानढोकाका लागि पठाइयो फूलपाती
Maruti Cement