जलवायु परिवर्तनको नकारात्मक असर नेपालले खेपिरहेको छः ओली

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको नकारात्मक असर नेपालले खेपिरहेको बताएका छन् ।

Saftey Pads

वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्रा्ष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका हुन् ।

ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।  प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वाभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताए ।

सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा सगरमाथा सम्वादको आयोजना गर्न लागिएको जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  शुक्रबार फूलपाती भित्र्याइँदै
Maruti Cement