प्रहरी जवान संजिव राईको शव गृह जिल्ला खोटाङ लगियो, आजै दाहसंस्कार गरिने

Prabhu Bank

काठमाण्डौ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ताहरुको भिडन्तमा भोजपुरमा मारिएका प्रहरी जवान संजिव राईको शव गृह जिल्ला खोटाङ लगिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उनको शव सोमबार धरानबाट खोटाङ लगिएको हो।

Saftey Pads

असार २५ गते भोजपुर सदरमुकामस्थित हटियाको पाँचधारे होटलमा विप्लव कार्यकर्तासँगको मुठभेडमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जवान संजिव राई र विप्लव नेकपाका ओखलढुङगा इन्चार्ज निरकुमार राईको मृत्यु भएको थियो।

सन्जिवको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनालको पहलमा सेनाको हेलिकप्टरबाट उनको शव खोटाङ लगेर परिवारको जिम्मा लगाइएको छ।

संजिवको शवसँगै उनकी श्रीमती नमुना, छोराहरु जोयल र जोहन तथा भाई खडिन्द्र राई पनि शव लिएर खोटाङ गएका छन्। भाई खडिन्द्र राईले संजिवको आजै किराँत धर्म अनुसार दाहसंस्कार गरिने बताए।

अन्य सम्बन्धित समाचार:  इलाम: पोखरीमा डुबेर वृद्धको मृत्यु
Maruti Cement