घुस रकमसहित भोजपुरमा इन्जिनियर पक्राउ

Prabhu Bank

काठमाण्डौ । भोजपुरमा घुस रकमसहित इन्जिनियर पक्राउ परेका छन् ।

Saftey Pads

अख्तियारको इटहरी कार्यालयले सिञ्चाई कार्यालय भोजपुरका सिडिई मोहनबाबु यादवलाई १ लाख ८० हजार घुस रकमसहित पक्राउ गरेको हो।

कुल १८ लाख रुपैयाँको सिँचाईको काम भएकामा निर्माण सम्पन्न प्रतिवेदन दिनका लागि सिडिई यादवले १० प्रतिशत रकम घुसवापत माग गरेका थिए ।

अख्तियारको टोलीले घुसवापतको रकम लिइसकेको अवस्थामा यादवलाई पक्राउ गरेको हो । अहिले मुचुल्का उठाउने काम भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले रातोपाटीलाई जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  खोकनाको सिकाली चौरमा होम र पूजा गरिँदै
Maruti Cement