विश्वकप क्रिकेटमा ‘बाजी’ लगाउने दुई जना वीरगन्जमा पक्राउ

Prabhu Bank

काठमाडौ । विश्वकप क्रिकेटमा ‘बाजी’ लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

आइतबार भएको विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ७ घर भएका ३१ वर्षीय आशिष कुमार बर्णवाल र २१ वर्षीय नीरज तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आइतबार सुपर ओभरमा आयोजक राष्ट्र इङ्ल्यान्डले न्युजील्यान्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सोमिन्द्र राठौरले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कलाकार हरिवंश आचार्य दम्पतीले जिते कोरोना
Maruti Cement