उद्धार र राहतमा लाग्न सांसदलाई सभामुख महराको आग्रह

Prabhu Bank

काठमाण्डौ । प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबान पीडितको राहत र उद्धारकार्यमा लाग्न सांसदहरुलाई आग्रह गरेका छन्।

Saftey Pads

उनले संघीय संसद प्रतिनिधि सभाका सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका हुन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै सभामुख महराले प्राकृतिक विपत्तीबाट भएको जनधन क्षतिको घटनाले आफूलाई निकै मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन्।

आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, सामाजिक संघ संस्था÷अभियन्ताहरु, राजनीतिक दल तथा सर्वसाधारणलाई पनि आग्रह गरेका छन् ।

सभामुख महराले यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवम् राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण पनि गराएका छन् ।

अन्य सम्बन्धित समाचार:  चन्द्रमाको सतहमा भेटियो पानी
Maruti Cement