भारतको बिहारमा बाढीकाे खतरा, चारकाे मृत्यु, १८ लाख मानिस प्रभावित

Prabhu Bank

काठमाण्डौ । नेपालमा भारी वर्षा र बाढीपहिरोले ठूलो धनजनको नोक्सान गरेपछि भारतको बिहारमा पनि बाढीले लाखौं मानिस प्रभावित भएको जनाइएको छ ।

Saftey Pads

अहिलेसम्म चारजनाको मृत्यु र १८ लाख मानिस बाढीबाट प्रभावित भएको बीबीसीले जनाएको छ ।

बिहारका सीतामढी, मुजफ्फरपुर, पूर्वीचम्पारण, अररिया, सुपौल, किसनगञ्ज र शिवहर बाढीको चपेटामा परेको जनाइएको छ । नेपालमा भइरहेको भारी वर्षा र वीरपुर बाँधबाट छोडिएको पानी बाढीको कारण बताइएको छ ।

शनिबार साँझ बाँधका सबै ५६ वटा ढोका खोलिएकाले कोशी, गण्डक, र बागमतीको जलस्तर बढेको बताइएको छ ।

बागमती नदीमा जलस्तर बढ्नाले उत्तर बिहारको सीतामढी र शिवहरका २०० गाउँ बाढीसँग जुझिरहेको बताइएको छ । हजारौं मानिस सरकारी क्याम्पमा आश्रय लिइरहेको बताइएको छ ।
–एजेन्सी

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थानको प्ले अफमा पुग्ने सम्भावना कायमै
Maruti Cement