एउटै सञ्चार माध्यमलाई रेडियो, टीभी र एफएममा लगानी गर्न दिनौँः सञ्चारमन्त्री

Prabhu Bank

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एउटै सञ्चार माध्यमलाई रेडियो, टीभी र एफएमहरुमा लगानी गर्न नदिने बताएका छन्।

Saftey Pads

सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका हुन्।

उनले सञ्चार माध्यामहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यमबाट आउन थालेको भन्दै उनले अपत्ति जनाए।

मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारबाही हुने पनि बताए। उनले सञ्चार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए।

अन्य सम्बन्धित समाचार:  खोटाङ जिप दुर्घटनामा तीनको मृत्यु
Maruti Cement