बाढी पहिरो पीडितलाई राहत व्यवस्था गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई

Prabhu Bank

काठमाडौँ । अविरल वर्षपछि आएको बाढी पहिरोमा परेका पीडितलाई उद्धार गरी औषधि उपचार र राहत व्यवस्था गर्न केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई जिम्मा लगाएको छ।

Saftey Pads

जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय औषधि उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहलाई जिम्मा लगाएको हो।

अहिले प्रदेशमा केन्द्रय अस्पताल बाहेक सबै उपलब्ध भएको आकस्मिक स्वास्थ्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले बताए। केन्द्रले सबै स्वास्थ्य संस्थाहरु प्रदेशलाई जिम्मा लगाएको उनको भनाई छ।

जसका कारण केन्द्रको मुख्य रोल भनेकै प्रदेशलाई सहभागि गराउनु हो। जसले गर्दा स्थानीय तहसँग समन्वय गर्न सजिलो हुने उनले बताए। आइतबार स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्णय अनुसार पठलैया, लहान र बर्दिबास गरी केन्द्रबाट तीन वटा टोली पठाइदै छ।

अन्य सम्बन्धित समाचार:  नख्खुमा कारले ठक्कर दिँदा युवकको मृत्यु

उक्त तीन वटा टोली मध्य पतलैयाको टिमले बारा, पर्सा र रौतहट त्यसैगरी लहानले सिराहा र सप्तहरी र बर्दिबासले सर्लाही, महोत्तरी र धनुषा जिल्लालाई हेर्ने छन्। डाक्टर, जनस्वास्थ्यकर्मी र स्वास्थ्यकर्मी सहित तीन(तीन जनाको टोली रहेको छ।

यद्यपी, हरेक प्रदेश राम्रो सँग परिचालित भइरहेको र समितिले केन्द्रसँग समन्वय गरिररहेको समेत उनले बताए।

Maruti Cement