आफ्ना गोप्य कुरा यस्ता प्रकारका व्यक्तिलाई कहिल्यै नभत्रुस्

Prabhu Bank

काठमाण्डौ । महाभारत जीवन प्रबन्धकका थुप्रै सुत्रको स्रोत रहेको मानिन्छ । जीवन प्रवद्र्घनका यी सूत्रहरू आज पनि उत्तिकै उपयोगी छन् । महाभारतको तीर्थयात्रा पर्वमा यी ६ प्रकारका व्यक्तिसँग कहिल्यै आफ्नो गोप्य कुरा बताउँन नहुने बताएको छ । जसले हामीलाई सङ्कटमा पार्न सक्छ ।

Saftey Pads

१.स्त्री – शास्त्रअनुसार, स्त्रीहरूको स्वभाव चञ्चल हुन्छ । धेरैजसो स्त्रीहरू भन्न नहुने कुरा पनि भनिदिन्छन्, जसले परिवारको मान–सम्मानमा ठेस पुर्याउँछ । एक दिन अवश्य स्त्रीले मनको कुरा बताइदिन्छिन् । त्यसैले कुनै पनि स्त्रीलाई आफ्नो गोप्य कुरा नबताउँनुहोस् ।

२.मुर्ख – यस्ता व्यक्ति, जो राम्रो–नराम्रो, आफ्नो–पराई वा साथी–दुश्मनबीच फरक छुट्याउन नजान्ने हुन्छन् । उसको अगाडि यदि कुनै गोप्य कुरा गर्नुहुन्छ भने जानेर वा नजानेर अरुको अगाडि खोल्छ । त्यसैले यस्ता व्यक्तिलाई आफ्नो सिक्रेट कुरा नबताउँनुहोस् ।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा १ हजार ९५४ संक्रमित थपिए: २ हजार ९८१ डिस्चार्ज

३.बालक – कुनै पनि बालक अथवा बालिकाका अगाडि आफ्ना गोप्य कुरा गर्नुहुन्न । किनकि उनीहरुलाई कुन कुरा बोल्नुहुन्छ, कुन बोल्नुहुन्न भन्ने थाहै हुँदैन, जसको परिणाम पछि हामीले उठाउनु पर्ने हुन्छ ।

४.लोभी – जुन व्यक्तिलाई लोभको लालच हुन्छ, ऊ आफ्नो स्वार्थ पूर्तिका लागि कुनै पनि नोक्सान गर्नबाट पछि हट्दैन । यस्तो, अवस्थामा तपाईको कुनै पनि गोप्य कुरा धनको लालचमा आएर खोल्दिन सक्छ । त्यो तपाईको दुस्मन पनि हुन सक्छ ।

५.उत्ताउला (पागलपन) व्यक्ति – यदि कुनै पनि व्यक्तिमा उन्माद अर्थात् पागलपनको लक्षण देखिन्छ, तर पागल हुँदैनन् । कहिले काहि यस्ता व्यक्तिहरू अति उत्ताउला हुने गर्छन् । बिना कारण जे पनि गर्न सक्छन् । यस्ता व्यक्तिलाई आफ्नो गोप्य कुरा बताउँनु भनेको आफू सङ्कटमा पर्नु हो । एजेन्सी–

अन्य सम्बन्धित समाचार:  बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु
Maruti Cement