
काठमाण्डौ । नेपाल र भारतका केही ठाउँमा भ्यागुतोको बिहे गराइदियो भने पानी पर्छ भन्ने कथन छ। खडेरीको मारमा परेका मोरङको रंगेलीका किसानले पानी पर्ने आशमा त्यही अनुसार संसारी माइ मन्दिरमा भ्यागुतोको बिहे गराईदिए। पुजारीले भ्यागुतोको बिहे गराउँदै गरेको समाचार र फोटो छ्यापछ्याप्ती भयो।
असार मसान्त लाग्न लाग्दा पानी पर्न थाल्यो। यति पानी पर्याे, यति पानी पर्यो कि बाढी पहिरोले देश आक्रान्त बन्यो।
त्यसपछि सोसल मिडियामा फेरि सुरु भयो अस्ति भ्यागुतोको बिहे गरेका कारण पानी परेको, अब डिभोर्स गरिदिनु पर्यो। “अस्ति पानी परोस् भनेर भ्यागुतोको बिहे गर्दिनेले तुरुन्तै उनीहरूको डिभोर्स गर्दिनुपर्याे। पानीले हद पार गरिसक्यो” यो वाक्य सयौँले कपिपेस्ट गरे।
त्यसपछि मोरङका प्रकाश बानियाँलाई आइडिया आयो। अनि नेपाली कागजमा भ्यागुतोको डिभोर्सको व्यहोरा लेखेर दुई वटा भ्यागुतो पनि समातेर ल्याए, फोटो खिचे। अहिले त्यो पोस्ट भाइरल हुँदैछ।
तपाईंको प्रतिक्रिया/टिप्पणी |
---|