स्विडेनमा स्काईडाइभिङ गराउने विमान दुर्घटना, ९ जनाको मृत्यु

Prabhu Bank

काठमाडौं । उत्तरी स्विडेनमा स्काईडाइभरहरू चढेको विमान दुर्घटनाग्रस्त हुँदा नौजना मारिएको अधिकारीहरूले आइतवार बताएका छन् ।

Saftey Pads

सिंगल इन्जिन भएको विमान गिप्सएरो जीए८ एयरभ्यान प्यारासुट लिएर हाम्फाल्नेहरूमाझ लोकप्रिय छ । यसमा पाइलट सहित आठजना बस्न मिल्छ ।

उमीया विमानस्थलबाट उडान भरेको केही समयपछि नै यो विमान उमे नदीको एक टापुमा दुर्घटनाग्रस्त भएको थियो ।

स्विडिश मिडियाले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै केही प्याराशुटिस्टहरू दुर्घटनाअघि विमानबाट हाम्फाल्न खोजेको देखिएको बताए । सबै मृतकहरू स्विडिश भएको प्रहरीले जनाएको छ । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा मुम्बईमाथि पञ्जावको रोमाञ्चक जित
Maruti Cement