मंगलवार मध्यरातपछि खण्डग्रास चन्द्रग्रहण लाग्ने, हेर्नुस के गर्ने, के नगर्ने ?

Prabhu Bank

काठमाडौं । मंगलवार मध्यरातमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । ग्रहण लगभग तीन घन्टाको हुनेछ ।

Saftey Pads

नेपाली समय अनुसार राति १ बजेर ४७ मिनेटमा प्रारम्भ हुने ग्रहण बुधवार बिहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुने बताइएको छ । सूर्य, पृथ्वी र चन्द्रमा सीधा रेखामा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र खण्डग्रास ग्रहण लाग्छ ।

महर्षि वेदव्यासको जन्म भएको गुरुपूर्णिमाको रात चन्द्रग्रहण लागेकाले यसको विशेष महत्त्व छ । ग्रहणपछि नै श्रावण महिना शुरू हुन्छ अर्थात् श्रावण कृष्ण प्रतिपदा लाग्छ ।

श्रावण मासको पहिलो स्नान ग्रहण मोक्षमा हुनु अत्यन्तै शुभ हो ।

ग्रहण परेकाले दिउँसो ४ बजेअगावै गुरुपूर्णिमाको पूजा सम्पन्न गर्नुपर्छ ।

अन्य सम्बन्धित समाचार:  बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’

चन्द्रग्रहण नांगो आँखाले हेर्न सकिन्छ ।

कर्कट, तुला, कुम्भ तथा मीन राशि भएका व्यक्तिहरूलाई यसपालिको चन्द्रग्रहण शुभ छ ।

चन्द्रग्रहणको बेलामा गर्भवती महिलाहरू घरबाहिर निस्कनुहुँदैन ।

सियो वा तीखो चीज चलाउनुहुँदैन ।

चन्द्रग्रहणका बेलामा केही पनि खानुहुँदैन । खान मन भए ग्रहण लाग्नुअघि वा सकिएपछि खानुपर्छ ।

चन्द्रग्रहण लाग्नुभन्दा नौ घन्टाअघि सुतक लाग्छ । त्यसैले दिउँसो ४ बजेअगावै खाना खाइसकेको ठीक हुन्छ ।

ग्रहणका बेलामा मलमूत्र त्याग गर्नुहुँदैन । यौनकर्म पनि वर्जित छ ।

चन्द्रग्रहणका बेलामा मनमनै भगवानको स्मरण गर्न सकिन्छ । पूजाआजा गर्नुहुँदैन । देवमूर्तिलाई छुनुहुँदैन ।

Maruti Cement