डुबान पीडितले गरे कोशी राजमार्गमा चक्काजाम

Prabhu Bank

काठमाण्डौ । विराटनगर १५ का वासिन्दाले डुबानको पानी निकासको माग गर्दै कोशी राजमार्गमा चक्काजाम गरेका छन्।
डुबानका कारण घर पस्नसमेत नपाएपछि सोमबार स्थानीयले राजमार्ग अवरोध गरेका हुन्।

Saftey Pads

डुबानबाट नेपाल बैंक रोड, पारिजात टोल, चौधरी टोल, हरिनगरभट्टा टोल लगायत करिब ५ सय घर प्रभावित छन् ।
चक्काजाम गरेका स्थानीयसँग नगरप्रमुख भीम पराजुलीले पानीको निकासको पहल गर्ने आश्वासन दिएका छन् ।

नगरप्रमुखको पहलपछि दुई घण्टापछि अवरोध खुलेको थियो । स्थानीयले कोशी राजमार्ग कटान गरेर भए पनि पानीलाई निकास दिनुपर्ने माग गरेका छन् ।

विराटनगरका १, २, ४, ५, ८, १२, १५, १६, १८, १९ लगायतका वडाका विभिन्न ठाउँमा डुबान कायम छ ।  नगरका पानी निकास हुने नालाहरु निर्माणाधीन रहेकाले पनि डुबान क्षेत्रको पानी सुक्न सकेको छैन ।

अन्य सम्बन्धित समाचार:  कुतियाकबर: वर्षायामभन्दा हिउँदमा बढी कटान
Maruti Cement