पाँच दिनको तलब बाढी पहिरो प्रभावितलाई दिने कांग्रेस सांसदको निर्णय

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी, पहिरो प्रभावितहरुलाई पार्टीकातर्फबाट राहत प्रदान गर्ने भएको छ।

Saftey Pads

कांग्रेस संसदीय दलले बाढी, पहिरो प्रभावितहरुलाई पार्टीकातर्फबाट राहत स्वरुप संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा सोमबार जारी विज्ञप्तिमा राहत स्वरुप पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने संसदीय दल निर्णय भएको बताईएको छ ।

संसदीय दलले राष्ट्रिय विपदको दुःखद घडीमा सबैलाई एकताबद्ध भएर विपद्को सामना गर्न आह्वानसमेत गरेको छ ।

कांग्रेसले बाढी पहिरोसँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सत्तापक्ष सकारात्मक नदेखिएको भन्दै आपत्ति जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका
Maruti Cement