प्रदेश सरकारको लागुऔषधविरुद्ध ‘म अघि बढ्छु’ अभियान सुरु

काठमाण्डौ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लागुऔषधविरुद्ध ‘म अघि बढ्छु’ अभियान सुरु गरेको छ। विद्यालयस्तरमै लागुऔषध प्रयोग र यसले पार्न सक्ने दूरगामी प्रभावबारे विद्यार्थीमा सचेतनासहितको ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गरिएको हो ।

खासगरी ‘टिनएजर्स’ विद्यार्थीलाई कूलतमा फस्न नदिन र नैतिक शिक्षा दिलाइ सामाजिक उत्तररदायित्व बोध गराउने उद्देश्यले कार्यक्रम सुरु गरेका प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रदेशका १४ वटै जिल्लामा सञ्चालित कार्यक्रमले दुई हजार विद्यालयलका दुई लाख विद्यार्थीलाई समेट्ने लक्ष्य लिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले ग्रामीण र सहरी क्षेत्रका धेरै परिवार लागुऔषध दुर्व्यसनका कारण निकै संकटमा परेको बताउँदैे ’म अघि बढ्छु’ कार्यक्रम सरकारकै पहलकद्मीमा गठन भएका सगरमाथा टिन्स क्लबमार्फत सञ्चालन गरिने जानकारी दिएका छन् ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रम, यसमा सहभगी पक्ष र प्रभावकारिताबारे स्पष्ट गरेको छ । मन्त्री कार्कीका अनुसार विद्यालय र विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रम सञ्चालन गर्न प्रदेशका १४ वटै जिल्लामा मुख्य प्रशिक्षक परिचालन गरिएको छ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी